दफा ७
आशयपत्र लिनु पर्ने
(१) भुक्तानी प्रणाली सञ्चालक वा भुक्तानी सेवा प्रदायकको रूपमा काम गर्न चाहने व्यक्तिले दफा ६ बमोजिम कम्पनी स्थापना गर्नु अघि देहायको कागजात र तोकिए बमोजिमको दस्तुर सहित आशयपत्रको लागि बैङ्क समक्ष निवेदन दिनु पर्नेछ:…
(क) प्रस्तावित कम्पनीको प्रबन्धपत्र र नियमावली,
(ख) व्यावसायिक तथा प्राविधिक सम्भाव्यता अध्ययन प्रतिवेदन,
(ग) तोकिएको ढाँचामा संस्थापकको व्यक्तिगत विवरण,
(घ) संस्थापकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ङ) संस्थापकको लगानीको स्रोत खुलेको विवरण,
(च) चालु आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाण वा सो प्रयोजनको सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा आय विवरण पेश गरेको निस्सा,
(छ) कम्पनीको तर्फबाट संस्थापक बाहेकका अन्य व्यक्तिले निवेदन दिएमा अख्तियारी पत्र,
(ज) कालोसूची वा डिफल्टरमा नपरेको,
(झ) बैङ्कले तोकिदिएका अन्य कागजात।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ हुनुअघि भुक्तानी तथा फर्स्यौट सम्बन्धी कारोबार गर्न बैङ्कबाट अनुमति प्राप्त संस्थाले यस दफा बमोजिम आशयपत्र लिएको मानिनेछ।
तर त्यस्तो संस्थाले कुनै नयाँ भुक्तानी उपकरण सञ्चालनमा ल्याउन चाहेमा त्यस्तो उपकरणको लागि बैङ्कको स्वीकृति लिनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा बैङ्कले आशयपत्र दिन उपयुक्त देखेमा निवेदन प्राप्त भएको नब्बे दिनभित्र निवेदकलार्इ तोकिए बमोजिमको ढाँचामा आशयपत्र दिनु पर्नेछ।
(४) उपदफा (३) बमोजिम आशयपत्र दिँदा बैङ्क तथा वित्तीय संस्था बाहेकका संस्थाले भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकमध्ये एकमात्र कारोबार गर्न पाउने गरी आशयपत्र दिइनेछ।
(५) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले देहायको कुनै अवस्थामा निवेदकलाई आशयपत्र दिन इन्कार गर्न सक्नेछः-
(क) उपदफा (१) बमोजिम पेश गर्नु पर्ने सम्पूर्ण विवरण कागजात पेश नगरेमा,
(ख) मुलुकको अर्थतन्त्रको अवस्था, आकार र बजार प्रतिस्पर्धा जस्ता वित्तीय तथा प्राविधिक वा दफा १४ को उपदफा (२) मा उल्लिखित आधारबाट थप संस्थाको स्थापना गर्न उपयुक्त नदेखिएमा।
(६) उपदफा (५) बमोजिम आशयपत्र दिन इन्कार गरेमा बैङ्कले सोको कारण सहितको लिखित जानकारी निवेदकलाई दिनु पर्नेछ।
(७) उपदफा (३) बमोजिम आशयपत्र प्राप्त व्यक्तिले बैङ्कले तोकेको अवधिभित्र दफा ६ बमोजिम कम्पनी स्थापना गर्नु पर्नेछ।
(८) उपदफा (७) बमोजिमको अवधिभित्र कम्पनी स्थापना हुन नसकेमा त्यस्तो आशयपत्र स्वतः रद्द हुनेछ।